सलमानको रक्तचाप बढाउँदै ऐश्वर्य


कुनै समय सलमान खान र ऐश्वर्य रायको जोडीले बलिउडमा तहल्का मच्चायो। उनीहरुको दाम्पत्य जीवन कति सुन्दर हुन्छ होला भनेर अनुमान लागाउनेहरु धेरै भए। तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन। पछि, ऐश्वर्यले अभिषेक बच्चन सँग लगन गाँठो कसीन्। छोरी जन्माइन्। तर, हालै भने ऐश्वर्यको एउटा कदमले सलमानसाग रिस फेरेको जस्तो देखिन्छ। भएको के भने, सलमानले केहि समयअघि आफ्नो म्यानेजर रेश्मा सेट्टीलाई विदा दिएका थिए। १० बर्षसम्म सलमानको म्यानेजर बनेकी रेश्मालाई सलमानले विदा दिएपछि उनीहरुबीच तित्तता बढ्ने नै भयो। यसलाई थप मलजल गरे, खिलाडी ब्वाई अक्षयकुमारले।

सलमानले रेश्मालाई बिदा दिए लगत्तै अक्षयले उनलाई नियुक्त गरे। यहि निहुामा अक्षय र सलमानबीच मनमुटाव भयो। कति कार्यक्रममा आमनेसामने भएर पनि उनीहरु बोलेनन्। अहिले भने सलमानलाई चिढ्याउने काममा पूर्व गर्लफ्रण्ड ऐश्वर्य अघि सरेछिन्। उनले रेश्मालाई अभिषेकको म्यानेजर बनाएर भित्र्याइन्। अभिषेकका लागि पूर्व ब्वाईफ्रेण्डको दुश्मनलाई हात लिएपछि सलमानको रक्तचाप बढ्ने नै भयो। जसै ऐश्वर्यले रेश्मालाई नियुक्त गरिन्, पति अभिषेक निकै खुसी भएको खबर छ।

SUBSCRIBE 👉