दोश्रो सर्ट फिल्म फेस्टा चैत्रमा


kathmandu-short-film-feasta-season-2काठमाडौं, छायाँछबि क्रियसनले गत वर्षबाट आयोजना थालेको सर्ट फिल्म फेस्टाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ। पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएकाले तीनले उचित स्थान पाउन सकोस भनेर फेष्टा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

सर्ट फिल्मको निर्माण विस्तारै फराकिलो बन्दै गइरहेको तर यसको बजार नभएर निर्माण गर्नेहरुमा निराशा छाइरहेको समयमा सर्ट फिल्म मेकरहरुलाई प्रोत्साहित गर्न सकियोस र राम्राभन्दा राम्रा सर्ट फिल्म निर्माण हुन् तथा यसको बजारको लागि सम्बन्धित क्षेत्रले चासो देओस् भन्नका लागि पनि पुनः दोस्रो काठमाडौं सर्ट फिल्म फेष्टा – ०१४ आयोजना गर्न लागिएको छायाँछविको भनाई छ। देशमा निर्माण भएका फिल्महरु अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेकाले मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उद्देश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गरिएको हो।

फेष्टा आगामी चैत्रमा आयोजना गरिने छ। बृत्तचित्र, चलचित्र, कार्टुन/एनिमेशन चलचित्रले भाग लिन पाउने यस फेस्टामा २ मिनट देखि ४५ मिनट भित्रको जुनै बिधा र शैलीका चलचित्रले पनि फेस्टामा भाग लिन पाउने छन्।

फेष्टामा सहभागीका प्रथम, द्वितीय, तृतीय पुरस्कार सहित ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ लगायत बिधामा सहभागी चलचित्रलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।

 

SUBSCRIBE 👉