पार्वती राईको ‘न्यूयोर्क वाली बसन्ती’ रुप [भिडियो हेर्नुहोस]


कलाकार ईश्वर थापाको निर्माण तथा निर्देशन र सम्पादनमा क्यानाडावाट एक नेपाली गीतको भिडियो रिलिज भएको छ। ‘न्यूयोर्क वाली बसन्ती’ बोलको डान्सिङ गीतमा गायक जगदीश समाल र गायिका सपनाश्रीको स्वर, सुरेन्द्र नकर्मीको शब्द र ओम कर्माचार्यको संगीत सुन्न सकिन्छ। ड्रिम्सगेट नेपाल युट्युब च्यानलवाट रिलिज भएको भिडियोमा डान्सर तथा मोडल पार्वती राई लाई न्यूयोर्क वाली बसन्तीको रुपमा हेर्न सकिन्छ। न्यूयोर्कमा छायांकन गरिएको भिडियोमा प्रवेश उप्रेती पौल, कृश थापा र डुप्लिकेट शाहरुख खान भनेर चिनिने क्यानाडा निवासी हेरी भाम्ब्राको साथमा अमेरिकी नृत्यांगनाहरुको पनि अभिनय छ। हेर्नुहोस् – ‘न्यूयोर्क वाली बसन्ती’ म्युजिक भिडियो:

SUBSCRIBE 👉