हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीले लगायो मोहनी


अंग्रेजी नयाँ बर्ष २०१८ लाई लक्षित गर्दै रिलिज गरिएको गीत ’रूपै मोहनी’ लाई दर्शकले रुचाएका छन्। रिलिज गरिएको गीतले नेपालमा २४ घण्टामा यु ट्युवमा सर्वाधिक हेरिएको रेकर्ड र बनायो नै साथै नेपालसंगै विभिन्न देशको ट्रेण्डीङमा समेत ल्याउन सफल भएको छ। फिल्म ‘शत्रु गते’ को यो गीतलाई नेपालमा मात्र नभई विदेशमा रहेकी नेपालीले पनि उत्तिकै हेरेका छन्। सार्वजनिक गरिएको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन्। गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन्।

कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन्। हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ। यस गीतमा तीन पुस्तालाई देखाइएको छ। गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन्।

नेपाली फिल्म नगरीमा हरिवंश , दीपक र पललाई तिन पुस्ताको रुपमा पनि हेर्ने गरिन्छ। मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ। डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन्। तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन्। फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो।

के भन्छन त फिल्मका कलाकार, निर्देशक तथा नृत्य निर्देशक?

हरिबंश अचार्य :
गीत हेरेर मन पराउनु हुने तथा हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रतिक्रिया दिने तपाई सम्पूर्णलाई धन्यवाद । हामीले यहाँ समक्ष शत्रुगते फिल्मको पहिलो कोसेली समर्पण गरेका थियौ ,जसलाई मन पराई दिनु भयो । गीतमा दीपा , दीपक , पल , आंचल लगायतसंग देखिदा रमाइलो नै फिल भयो।

प्रदीप भट्टराई , निर्देशक :
हामीले जुन मेहनतले काम गरेका थियौ , त्यो सफल भए जस्तो लाग्छ। जाडोको प्रवाह नगर्दै गीतमा देखिनु भएका सबैले मेहनत गर्नु भएको थियो , त्यो सफल भएको छ। हामिले शत्रु गतेको पहिलो कोसेली ल्याएका थियौ, जसलाई दर्शकले रुचाउनु भयो । धन्यवाद सम्पूर्णलाई।

दीपक राज गिरि :
निकै मेहनत साथ् तयार पारेका थियौ । मेहनत गरिएको चिज सफल हुदा निकै खुशी लाग्छ। यो गीत मलाइ दीपा जी ले सुनाउनु भएको थियो। पहिलो पटक मै मैले गीत मन पराएको थिए र छक्का पञ्जा ३ मा राख्ने सोच बनाएको थिए। तर हरि दाईले गीत मन पराउनु भएपछी यो पनि हाम्रै फिल्म भएकोले गीत यता आएको हो। गीतमा सबैले मेहनत गरेका थियौ, सफल भयो ।

दीपाश्री निरौला :
हरि दाई संग गीतमा देखिन पाउदा नै म सफल भैसकेकी छु , त्यस माथि दर्शकको मायाले मलाइ सधै काम गर्ने उर्जा दिन्छ । गीतलाई राम्रो बनाउन जाडोको प्रवाह नगर्दै गरिएको मेहनतलाई रुचाएर जसरि माया गर्नु भएको छ , सम्पूर्ण प्रति आभारी छौ।

कविराज गहतराज , नृत्य निर्देशक :
काम गर्दा निकै रमाइलो भयो। युवा पुस्ता देखि मैले पनि बाल्यकाल देखि देख्दै आएको आदरणीय कलाकारसंग काम गर्न पाए , यसैले पनि निकै खुशी छु। हरि दाई , दीपा दिदि, दीपक दाइ, प्रियंका, पल, आँचल लगायत सबैले राम्रो काम गरेका छन्। जाडोमा पनि गीत राम्रो बनाउन कहिँ कतै सम्झौता गरिएको छैन।

पल शाह :
गीत निकै रमाइलो तरिकाले तयार पारेका छौ। गीतमा हामी सबैले सन्ध्या (आँचल शर्मा) लाई फकाउने कोशिश गरिरहेका छौ। उसैको रुपको बर्णन गरेका छौ। साथै मैले महको ब्यनारमा काम गर्न पाए र स्क्रिन शेयर गर्न पाए निकै खुसि छु। एउटा इतिहास बोकेको मान्छेसंग काम गर्न पाउदा आफुलाई भाग्यमानी ठान्छु, साथै मैले एउटा सम्झन लायक फिल्म पनि बनेको छ ’शत्रु गते’।

आँचल शर्मा :
मैले आफुले आइडल मान्ने अग्रजसंग स्क्रिन शेयर गर्न पाउदा निकै खुशी लागेको छ। गीतमा मेरो नृत्य अलि कम नै छ तर पनि तिन पुस्ता मध्य एक पुस्ताको प्रतिनिधित्व गर्न पाउदा निकै खुसि लागेको छ। गीतमा म पलजी (पल शाह) को जोडी बनेकी छु। लजाउने सव्भावलाई गीतमा देख्न सक्नु हुनेछ।

SUBSCRIBE 👉