असारमा विवाह गर्दै अनुप र दिया । नायक श्री कृष्ण पनि लगन गाँठो कस्दै


Diya Maskey and Anup Baral

Diya Maskey and Anup Baral

ग्ल्यामर नेपाल, काठमाडौं । आठ वर्षदेखि रंगकर्मी तथा अभिनेत्री दिया मास्केसँग मित्रता गाँसिरहेका अभिनेता, निर्देशक तथा रंगकर्मी अनुप बरालले उनैसँग लगनगाँठो कस्ने भएका छन्। हाल फिल्म ‘फन्को’को सुटिङमा व्यस्त अनुपले असारको अन्तिमतिर विवाह गर्ने योजना रहेको जनाएका छन्।
अनुपले आफुले सामान्य किसिमबाट विवाह गर्ने बताए। ‘विवाहको मिति निश्चित भईसकेको छैन, तर असारको अन्तिमतिर विवाह गर्ने योजना चाहिँ हो,’उनले भने,‘तडकभडक र भव्य किसिमले विवाह गर्दिन, सामान्य किसिमले गर्ने हो, साथीभाई, इष्टमित्र बोलाएर भोज पनि दिनेछु।’

बरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल‘बात्सायन’का छोरा अनुपले काठमाडौंको धापासीमा रहेको घरबाट विवाह गर्नेछन्। ‘विवाहपछि मात्र पोखरा ल्याउछु, पोखराबाट विवाह गर्दा अलिकति समस्या पर्ने भयो।’ उनले भने। आठ वर्षको मित्रतालाई वैवाहिक सम्बन्धसम्म ल्याउन पाउँदा पाउँदा खुशी लागेको बताए। अनुपद्वारा निर्देशित पहिलो फिल्म ‘फिटकिरी’ हो, जसमा नायिका मास्केले प्रमुख भूमिकामा अभिनय गरेकी छन्।

Sweta Khadka and Shree Krishna Shrestha

Sweta Khadka and Shree Krishna Shrestha

नायक श्री कृष्ण पनि लगन गाँठो कस्दै 
समाचार अनुसार पुराना अभिनेता श्रीकृष्ण श्रेष्ठ पनि चाँडै नै दुलाहा बन्ने भएका छन्। आफैले निर्माण गरेको सुपरहिट फिल्म ‘कहाँ भेटिएला’बाट नेपाली रजतपटमा डेब्यु गराएका नायिका स्वेता खड्कासँग उनले लगनगाँठो कस्न लागेका हुन्। यो फिल्मपछि यो जाडी निकै नजिकिएका छन्। राजधानीमा हुने कार्यक्रममा उनीहरुलाई सँगै देख्न सकिन्छ।

नायक श्रीकृष्णले विवाहको मिति चाँडै सार्वजनिक गर्ने बताएका छन्। उनीहरुले ‘कहाँ भेटिएला’ पछि ‘श्रीमान श्रीमति’मा सँगै अभिनय गरेका थिए भने यो जोडी आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म ‘कोहिनुर’मार्फत दर्शकमाझ साउन २३ मा आउँदैछन्। यो जोडीले आफुहरुको सम्बन्धको बारेमा हालसम्म केही खुलाएका छैनन्।

SUBSCRIBE 👉