सृष्टि श्रेष्ठ सँग गायक नरेन लिम्बुको डेब्यु फिल्म ‘लाउरे’


Naren Limbu Shristi Shrestha Laure

रिलिजको तयारीमा सृष्टि श्रेष्ठ सँग गायक नरेन लिम्बुको डेब्यु फिल्म ‘लाउरे’

सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर अभिनित फिल्म ‘लाउरे’को प्रदर्शन मिति तय गरिएको छ। यो फिल्म बैशाख २८ गत (१बाट १ मे) बाट अल नेपाल रिलिज हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ। पप गायकको रुपमा ख्याति बटुलेका नरेन लिम्बु यो फिल्म मार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन्। सायद र होस्टल फिल्म सिरिज निर्माता कम्पनी दुर्गिश फिल्मसले ‘लाउरे’को व्यवसायिक र कलात्मक पाटोको सफलतामा विश्वास व्यक्त गरेको छ। सायद, होस्टेल, होस्टेल रिटन्र्स र सायद २ पछि लाउरे दुर्गिश फिल्मसको पाँचौं प्रोजेक्ट हो।

विक्रमसिंह थारु निर्देशित फिल्मलाई सुनिल रावल, इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले निर्माण गरेका हुन्। ‘सृष्टि, नरेन र मिरुनाको योङस्टर क्रेज हाम्रा लागि प्रभावकारी बन्न सक्छ’ निर्माता रावलले भनेका छन्। कार्यकारी निर्माता बुद्धिलाल मगर र वितरक काफिया फिल्मस प्रालि हो।

आलोक शुक्लाको छायांकन रहेको फिल्मको पटकथा नेगेटिभ बुद्धले लेखेका हुन्। बुद्धका प्रमुख थारु निर्माता रहेको फिल्म ‘लालपुर्जा’ रिलिज हुने तयारीमा छ। लाउरेमार्फत थारुले निर्देशनमा डेब्यु गर्दैछन्। रक गायक एड्रिन प्रधानको डेब्यु एवं मुख्य अभिनय रहने फिल्म ‘उलन म्यानी’ निर्माणको घोषणा गरिसकेको छ जुन चाँडै छायांकनमा जाने जनाइएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् – गायक नरेन लिम्बु अब नायक, सृष्टि श्रेष्ठ सँग हुनेछ अन स्क्रिन रोमान्स

SUBSCRIBE 👉