ट्रेलरमा एस्तो छ -‘स्वर्ग मेरो गाउँ’


रोमान्स, प्रेम र एक्सन शमाबेश फिल्म ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर रिलिज गरिएको छ। नायक नरेन खड्का अभिनीत यो फिल्म माघ १२ गतेबाट प्रदर्शनमा आउदै छ। फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ। फिल्मका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ हुन्। फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ। नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन्। पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ। गोविन्द राई फिल्मका कोरियोग्राफर हुन्। रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाको आवाज फिल्मका गीतहरुमा सुन्न सकिन्छ। फिल्मको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन्।

SUBSCRIBE 👉