‘कमला’ छाडेर ‘हिम्मतवाली’ बन्दै रेखा


Rekha-Thapa-Himmatwaliकाठमाडौं, आजभोली चलचित्र निर्माणको बाढी नै आएको छ। घोषणा भएका कयौं चलचित्र त्यति कै थन्केर बसेका छन्। निर्माताले पहिले घोषणा गरेको चलचित्र थन्क्याउदै नयाँ बनाउँदै गरेकोले पनि धेरै चलचित्र गर्भमै छन। यसरी घोषणा गरेर थन्कीने चलचित्रको सूचीमा अब ‘कमला’ पनि पर्ने भएको छ। अभिनेत्री रेखाले ‘कमला’लाई थन्क्याएर ‘हिम्मतवाली’ लाई अगाडी सारेकी छन्।

कमलाको निर्देशक सविर श्रेष्ठ आफ्नो नयाँ चलचित्र ‘आधी बाटो’मा व्यस्त भएकोले ‘कमला’निर्माणमा पछि सारेको निर्मात्री/अभिनेत्री रेखाको भनाई छ। उनले निर्माण गर्ने अर्को चलचित्र ‘हिम्मतवाली’को चलचित्र केही समय आगाडीमा घोषणा गरिएको थियो। यो चलचित्र निर्देशनको जिम्मा श्याम भट्टराईले पाएका छन। आउँदो फागुन १ गतेबाट यो चलचित्र छायांकनमा जाँदैछ। चलचित्रमा बसन्त सापकोटाको संगीत रहने पक्का भएको छ। अन्य कास्ट एन्ड क्रु फाइनल गरिएको छैन।

SUBSCRIBE 👉