केकीको प्रेम को सँग? राजाराम, विजय, अंकित कि अनुप सँग ?


फिल्म ‘हुर्रे’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मको कथासार सँगै पात्र परिचय पनि गराइएको छ। कमेडी शैलीको फिल्ममा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, विजय बराल, अंकित खड्का लगायतको अभिनय रहेको छ। यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्मलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ। दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन्। हेर्नुहोस् फिल्म ‘हुर्रे’ को रमाईलो ट्रेलर :

SUBSCRIBE 👉