‘लिली बिली’को गीतमा १ लाख पुरस्कार


नायक प्रदिप खड्का र नवनायिका जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्म ‘लिली बिली’ को शिर्ष गीत ‘घुम्न जाउँ इन्जिन गाडीमा’ हालै रिलिज गरिएको छ। गीतमा एसडी योगीको स्वर तथा संगीत र एकतारेको शब्द छ। गीतमा प्रदिप र जसिता गुरुङ फिचरिङ छन्। स्कटल्याण्डको रमणीय स्थानहरुमा खिचिएको यो गीतलाई सुदिप बरालले खिचेका हुन् भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। मिलन, गोविन्द शाही र सुदिप खड्काको संयुक्त लगानी रहेको फिल्ममा प्रदिप र जसिता संगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सको अभिनय छ। फिल्मका निर्देशक मिलन चाम्सका अनुसार यो गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख रुपैंयाँ पुरस्कार दिइनेछ। आगामी चैत्र ३० गतेबाट यो फिल्म अल नेपाल रिलिज हुँदैछ।

SUBSCRIBE 👉