दया सँग रमायो स्वेताको मन!


श्वेता खड्का र दयाहाङ्ग राईको मुख्य अभिनय रहेको फिल्म ‘कान्छी’ को रोमान्टिक गीत ‘यो मन रमाउँदै’ रिलिज भएको छ। अर्जुन पोखरेलको संगीत तथा दिवाकर भट्टराईको शब्दमा सजिएको गीतमा अञ्जु पन्त र युवराज चौंलागाईंको लोभलाग्दो स्वर सुन्न सकिन्छ। गीतमा स्वेता र दयाको मन किन रमायो भन्ने बुझ्नलाई दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ। शुक्रबारबाट यो फिल्म चलिरहेको छ। आकाश अधिकारीले निर्देशन गरेको यो फिल्ममा नीर शाह, अनु शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ।

SUBSCRIBE 👉