‘शत्रु गते’को पोस्टरमा पल र आँचलको बिहे!

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्म ‘शत्रु गते’ को पोष्टर बाहिरिएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले पोष्टर सार्वजनिक गरेको हो। पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई फिल्म भित्रकै पात्रका रुपमा प्रस्तुत गरिएको छ। हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी पोस्टरमा देखिएका छन्। फिल्मनगरीमा तिन पुस्ताको रुपमा बुझिने यी कलाकारलाई नै समेटेर यो फिल्मको पोष्टर तयार हो।

थिम अनुसार नै फिल्मको पोष्टर तयार गरिएको निर्देशक प्रदिप भट्टराईको भनाई रहेको छ। श्रीधर पौडेलको फोटोग्राफी र टौवा क्रिएसनका विजय बस्याल र शान थापाको क्रियशनमा पोस्टर तयार भएको हो। यस अघि रिलिज गरिएको फिल्मको गीतहरु ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’लाई दर्शक / श्रोताले औधी रुचाएका छन्। हलमा रिलिज गरिएको फिल्मको ट्रेलरलाई दर्शकले रुचाइ रहदा निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो।

हरिवंश आचार्यको कथा रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल लगायतको पनि अभिनय छ। फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन्। निर्देशक भट्टराई र दीपकराज गिरीले यो फिल्मको पटकथा लेखेका हुन्। निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर फिल्मका संवाद तयार गरेका हुन्। दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य फिल्मका निर्माताका रुपमा छन्। दिर्घ गुरुङको छायाँकन रहेको फिल्मको सम्पादन मित्र गुरुङले गरेका हुन्। फिल्म चैत्र ९ मा रिलिज हुनेछ।

भिडियो हेर्नुहोस्


फिल्मका कलाकारहरुको थप तस्विरहरु हेर्नुहोस्


Priyanka Karki & Deepak Raj Giri

Priyanka Karki & Deepak Raj Giri

Deepa Shree Niraula & Haribansha Acharya

Deepa Shree Niraula & Haribansha Acharya

शत्रु गतेको गीत – रुपै मोहनी हेर्नुहोस्


शत्रु गतेको गीत – पिरतीको वर्को हेर्नुहोस्


SUBSCRIBE 👉