आफ्नी प्रेमिका सँग टाइगर श्राफको एक्शन अवतार – हेर्नुहोस् बागी २ ट्रेलर


एक्सन र डान्स मार्फत दर्शकको रोजाईमा पर्न सफल अभिनेता टाइगर श्राफ अभिनित फिल्म ‘बागी २’को ट्रेलरलाई दर्शकले रुचाएका छन्। फिल्म ‘बागी’ को सिक्वेलमा टाइगर एक सेनाको भूमिकामा छन् भने उनको को-स्टार उनले प्रेमिका दिशा पटानी रहेकी छिन। ट्रेलरमा टाइगर जर्बजस्त एक्सन अवतारमा देखिएका छन्। रोनीको भूमिकामा उनको लुक निकै धमाकेदार छ। फिल्ममा मनोज बाजपेयी , रणदीप हुदा , दीपक डोबरियाल लगायतको अभिनय छ। फिल्मका निर्माताले ‘बागी २’ रिलिज अगावै ‘बागी ३’ को पनि निर्माण घोषणा गरिसकेका छन्। अहमद खानले निर्देशन गरेको ‘बागी २’ लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन्। यो फिल्म यसै वर्षको मार्च ३० मा रिलिज हुँदैछ।

SUBSCRIBE 👉