‘नेप्टे’को क्लब गीतमा रोहित र छुल्ठिमको दमदार नृत्य

Rohit Rumba, Chhulthimg Gurung | Nepali Movie Nepte Song | ‘नेप्टे’को क्लब गीतमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको दमदार नृत्य | Rohit Rumba Presents -New Nepali Social Comedy Movie NEPTE


नेपाली चलचित्र ‘नेप्टे’को ‘दिल रानी’ बोलको क्लब गीत रिलीज भएको छ। भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको नृत्य हेर्न सकिन्छ। गीतमा सन्तोष राजको संगीत रतथा उदित नारायण झा र सेलिना कुँवरको स्वर सुन्न सकिन्छ। गीतमा यमनाथ मैनालीका शब्द छन् भने कबिराज गहतराज कोरियोग्राफर हुन्।

दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशक देव कुमार श्रेष्ठ हुन्। किरण माइकलको पटकथा एंव संवाद रहेको फिल्ममा रोहित आँफैले कथा लेखेका छन्। चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉