‘इन्टु मिन्टु लण्डनमा’को गीतमा साम्राज्ञी र धिरजको प्रेमभाव


कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म ‘इन्टु मिन्टू लण्डनमा’को गीत ‘थाहै भएन’ अडियो भर्सन रिलिज गरिएको छ। लिरिकल अडियो / भिडियो गीतमा स्वप्न सुमनको शब्द, संगीत र स्वर सुन्न सकिन्छ। लिरिकल भर्सनको गीतको भिडियोमा फिल्मका मुक्य पात्र साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको प्रेम भाव झल्कने तस्विरहरु प्रस्तुत गरिएको छ।

यूकेको केही भाग छायांकन गर्न बाँकी रहेको फिल्म बसन्त ऋतुको समयमा सुटिङ गरिने निर्माण पक्षले जनाएको छ। पहिलो चरण अन्तर्गत फिल्मले डिसेम्बरमा युकेका ‘फेस्टिभ सिन’हरु खिचेपछि छायाँकन ब्रेक गरेको थियो।

Samragyee Rl Shah and Dhiraj Magar | Intu Mintu London Ma

प्रज्जवल समशेर जबरा र रेनाशाकै कथा रहेको फिल्ममा साम्राज्ञी र धिरजका संगै सरुक ताम्राकारको पनि मुख्य भूमिका छ। आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्जवल समशेर जबराले निर्माण गरेका हुन्। फिल्मका सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल छन्।

Samragyee Rl Shah and Dhiraj Magar | Intu Mintu London Ma

फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनषा रहेका छन्। भने, आभास कर्माचार्यको संवाद रहेको छ। शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ।

SUBSCRIBE 👉