प्रेम, वियोग, एक्शन र दमदार टुईस्ट! – ‘लिलीबिली’ ट्रेलर


फिल्म ‘लिलीबिली’को ट्रेलर शुरु हुन्छ – एउटा रोमान्टिक द्रिष्यबाट, जहाँ फिल्मका मुख्य पात्र प्रदिप खड्का र जसिता गुरुङ्ग देखिन्छन साथमा मनै लोभ्याउने मनमोहक पृष्टभुमि। ट्रेलर पुरै हेर्दा लाग्छ यो फिल्म प्रेम, वियोग, एक्शन र दमदार टुईस्टका दृश्यहरुले भरपुर छन्। तर फिल्मको भित्रि पाटो कस्तो छ भनेर थाहा पाउन चैत्र ३० गते को प्रतिक्षा गर्नुपर्ने हुन्छ। यो फिल्म स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीमा छायांकन गरिएको हो।

मिलन चाम्स निर्देशित यो फिल्ममा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाहीलगायतका कलाकार मुख्य भूमिकामा छन्। अनुप भिलेनको चरित्रमा छन्। यो फिल्ममा सबिन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको पनि अभिनय छ। फिल्ममा गोविन्द शाही र सुदिप खड्काको लगानी छ।

फिल्मको ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉