‘नेपाल्स मेघा सिनेस्टार’को औपचारिक घोषणा


नेपालका विभिन्न स्थानमा रहेका प्रतिभाहरुलाई एकै मञ्चमा ल्याउने र उत्कृष्ठ प्रतिभावानलाई पुरस्किृत गर्ने उदेश्यले ओ मेगा ईन्टरटेनमेन्टले ‘नेपाल्स मेगा सिने स्टार’ आयोजना गर्ने भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरि आयोजक संन्स्थाले कार्यक्रमबारे जानकारी दिएको छ।\

चैत्र २८ गते बाट नेपालका विभिन्न सात शहरहरुमा गरिने अडिसनमा शोभित बस्नेत, निश्छल बस्नेत र माल्बिका सुब्बाको समुहले उत्कृष्ठ प्रतिाभा छनोट गर्ने छन्। त्यस्तै अडिसनको बारेमा बोल्दै तिनै जना जजहरुले आफुहरुले सकेसम्म राम्रो जुरीको काम गर्ने बताए।

ईटहरी, नेपालगञ्ज, चितवन, बुटवल, पोखरा हुदै अन्तिम चरणको अडिसन राजधानी काठमाण्डौ गरिदै छ। विजेताले नगद रु २० लाख, एउटा कार र एक फिल्ममा अनुबन्ध साथै एक वर्ष सम्म ५० लाख बराबरको अभिनय करारनामा जित्ने अवसर प्राप्त गर्ने आयोजक समितीका अध्यक्ष प्रबेश सम्राट बरालले जानकारी दिए। साथै नेपालमा अहिले सम्म हुदै आएका धेरै खाले शो हरु मध्ये यो रियालिटी सो फरक खालको रहेको समेत उनले बताए। शोका कार्यक्रम प्रमुख समिर लामाले असार पहिलो साताबाटनै टेलिभिजनबाट उक्त शो प्रसारण गरिने बताए।

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने जो कोहिको पनि यो सुनौलो अवसर हुनेछ। यस अवसरलाई प्राप्त गर्न आ–आफ्नो शहरमा हुने अडिसनमा सहभागी भएर आफ्नो कलालाई अभिनय मार्फत प्रस्तुत गर्न सक्नेछन।

कार्यक्रमको ईभेन्ट प्रमुखमा मन्दिप कोईराला र अर्थ व्यवस्थापक सुर्य बहादुर थापा रहेका छन्। कार्यक्रममा अभिनेता सरोज खनाल,निर्माता तथा निर्देशक आकाश अधिकारी,चलचित्र वितरक गोपाल काजी कायस्थ,प्राविधिक संघका अध्यक्ष पुस्कर लामा,सञ्चारकर्मी लगायतकाको सहभागीता रहेको थियो।

SUBSCRIBE 👉