‘शत्रु गते’को मोफसल यात्रा कस्तो रह्यो?


पछिल्लो समय गीतसंगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ। आउदो चैत्र ९ गते बाट प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसंग प्रत्यक्ष भेटघाट गर्ने उदेश्यले टुरको आयोजना गरिएको निर्माण युनिटले जनाएको छ।

‘रुस्लान मह शत्रु गते यात्रा’ नाम दिइएको टुरमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्मा सहभागी थिए। गत फागुन २३ मा हेटौडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक हुदै ३० गते इटहरी पुगेर सकिएको छ। फिल्म युनिट माथि उल्लेखित स्टेसनमा कन्सर्ट तथा पत्रकार सम्मेलन मार्फत स्थानिय र सञ्चारकर्मीलाई जानकारी गराएका थिए।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो। फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्ममा हरिवंश आचार्यको कथा छ। पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्। छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन्। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन्।

हरिवंश आचार्य :
टुर निकै रमाइलो भयो। फिल्मकै लागि निकैपछी यस किसिमको अनुभव गर्न पाए। हामीले दर्शकको लागि सार्वजनिक गरेको सामाग्रीले कस्तो प्रभाव पारेको छ भन्ने जान्न पाइयो। यस किसिमको टुरले शत्रु गते मात्र होइन यसपछी आउने नेपाली फिल्मलाई पनि फाइदा पुर्याउछ। दर्शकको टेस्ट बदलिएको मात्र छैन , उहाहरु एडभान्स भईसक्नु भएको छ। त्यसैले मेकरले दर्शकको रुची अनुसार फिल्म बनाउन झनै मेहनत गर्नु पर्ने हुन्छ।

किरण केसी:
दर्शकको प्रतिक्रियाले हामी निकै उत्साहित छौ। हाम्रो गीतसंगीतलाई जसरि माया गर्नु भएको छ, शब्दमा म बयान गर्न सक्दिन। हामीलाई मोफसलका दर्शकले देखाउनु भएको मायाको आभारी छौ। दर्शकसंग प्रत्यक्ष रुपमा प्रतिक्रिया लियौ , साथै केहि जिज्ञाशा पनि मेटायौ।

दीपाश्री निरौला:
दर्शकसंग प्रत्यक्ष जोडिन पाउदा सधै रमाइलो महसुस हुन्छ, यो टुरमा झनै रमाइलो भयो। फिल्म शत्रु गतेको लागि दर्शकको पर्खाइ देखेर निकै खुसि छौ। दर्शकको चाहना अनुसारकै फिल्म बनेको छ, छिनमै हसाउछ र छिनमै रुवाउछ फिल्मले। फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ।

Paul Shah & Aanchal Sharma

Paul Shah & Aanchal Sharma

Priyanka Karki & Deepak Raj Giri

Priyanka Karki & Deepak Raj Giri

Deepa Shree Niraula & Haribansha Acharya

Deepa Shree Niraula & Haribansha Acharya

SUBSCRIBE 👉