बासकोटाको फिल्ममा विल्सनले ‘चौका दाउ’ हान्ने

चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चयन भईसकेको घोषणा सो कार्यक्रममा गरिएको छ। यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको जानकारी गराईयो। यसका नायक र नायिको चयन हुँदै गरेको पनि जानकारी गराईयो।


Wilson Bikram Rai | Image Courtesy: StreetNepal.Com

चलचित्र ‘चौका दाउ’ निर्माण हुने भएको छ। राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरिएको हो। अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो चलचित्रलाई उनकै छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन्। बरिष्ठ संगीतकार बासकोटाको जन्मदिनको अबसर पारेर बिहिबार यो चलचित्रको निर्माण घोषणा गरिएको हो।

कार्यक्रममा बोल्दै बासकोटाले यो मनोरञ्जन प्रधान समाजिक चलचित्र हुने जानकारी सो कार्यक्रममा गराए। बैशाखबाट छायाँकन सुरु गरिने यो चलचित्रलाई आगामी तिहारमा रिलिज गरिने उनले बताए। यस अघि ८ चलचित्रमा कथा लेखिसकेका बासकोटाले ‘चौका दाउ’ उनको कथामामा निर्माण हुन लागेको नवौं फिल्म हो।

चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गर्दैछन्। यस अघि राजनीतिक चलचित्र संरक्षण निर्देशन गरेका झाले आफ्नो पहिलो चलचित्र भन्दा चौका दाउ फरक रहेको र हास्यप्रधान प्रेमकथामा आधारित भएको बताए।

चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चयन भईसकेको घोषणा सो कार्यक्रममा गरिएको छ। यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको जानकारी गराईयो। यसका नायक र नायिको चयन हुँदै गरेको पनि जानकारी गराईयो।

घोषणा सभामा बोल्दै अग्रज कलाकार सन्तोष पन्तले कथा ससक्त र रमाईलो रहेकाले आफुले यो चलचित्रमा अभिनय गर्न लागेको बताए । अर्का कलाकार विल्सन बिक्रम राईले नेपाली संगीत क्षेत्रका अग्रज श्रष्टा शम्भुजीत बासकोटाको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको छ भने । अग्रजहरुसँग काम गर्दा सिक्न पनि पाईन लोभ पनि लागेको उनले बताए।

यो चलचित्रका निर्माताहरुमा मनोजराज भण्डारी र सौर्यजीत बासकोटा छन्। जसमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण निर्देशन र नरेन्द्र खड्काको निर्माण सुपरिवेक्षण रहने छ।

SUBSCRIBE 👉