‘अक्टुबर’ ट्रेलर: लभरब्वाईको क्यारेक्टरमा वरुण धवन


अभिनेता वरुण धवनको फिल्म ‘जुड्वा २’ पनि सफल रह्यो। एकपछी अर्को फिल्म मार्फत दर्शकको मन जित्दै कमर्सियल फिल्ममा सफल बनाउदै गएका वरुण अभिनित फिल्म ‘अक्टुबर’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मको कथासार खुलाइएको छ। मै तेरा हिरो मात्र हैन बद्लापुर जस्तो फिल्ममा पनि काम गरेका वरुण यसमा लभरब्वाईको क्यारेक्टरमा देखिएका छन्। फिल्ममा उनि बनिता सन्धुसंग स्क्रिन शेयर गरेका छन्। फिल्मलाई शुजित सरकारले निर्देशन गरेका छन्। फिल्म अप्रिलमा रिलिज हुँदैछ।

SUBSCRIBE 👉