जेष्ठको दोश्रो साता काठमाडौंमा ‘डि सिने अवार्ड ०७५’


१० वर्ष देखि निरन्तर आयोजना हुँदै आइरहेको ‘डि’ सिने अवार्ड २०७५को दशौं संस्करणका लागि चलचित्रहरुको औपचारीक दर्ता आव्हान गरिएको छ। ०७४ को बैशाख १ देखी चैत्र ३० सम्म सार्बजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रका लागि दर्ताको आव्हान गरिएको हो। ०७४ सालमा प्रदर्शनमा आएका चलचित्रहरुको प्रतिष्पर्धाका आधारमा गरिने यो डि सिने अवार्डलाई प्रतिष्ठित अवार्डको रुपमा लिने गरिन्छ।यो उपत्यका बाहिर समेत आयोजना गरिने नेपालको एकमात्र अवार्ड डि सिने अवार्डलाई यसपटक भने काठमाडौंमा आयोजना गरिन लागेको हो।

आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार दुई वर्ष लगातार उपत्यका बाहिर गरिएपछि यस पटक भने काठमाडौंमा आयोजना गरिन लागेको हो। अवार्डलाई अझै भव्य, सभ्य एवं सुसंस्कृत बनाउँदै डि सिने अवार्डको दशौं संस्करण जेष्ठको दोश्रो साता काठमाडौंमै आयोजना गरिने पनि शान्तिप्रियले बताए ।

खासगरी डिजीटल प्रविधिमा निर्माण भएका चलचित्रलाई प्रोत्साहित गरी नेपाली चलचित्रमा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पु¥याउने उद्देश्यले डि सिने अवार्डको स्थापना २०६६मा भएको थियो। प्रविधिको विकाशसँगै डि सिने अवार्डको लक्ष्य अनुसार सबै नेपाली चलचित्र डिजिटलमा बन्न थालेको पनि ४/५ वर्ष भैसकेको छ। लगानी बढाउन सकिदैन भने प्रविधि र प्रस्तुतिमा जोड दिनुपर्छ भन्ने डि सिने अवार्डले मान्यता बोकेको अध्यक्ष प्रियले बताए।

SUBSCRIBE 👉