‘शत्रु गते’ ले ६ दिनमा कति कमायो ?


गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ले ६ दिनको कारोबार हिसाव सार्वजनिक गरेको छ। राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै राजधानीको लागि वितरक बिके फिल्म्सको तर्फबाट गोपाल काजी कायस्थ र मोफसलको लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुली्ले संयुक्त रुपमा हिसाब सार्वजनिक गरेका हुन्। शुक्रबार देखि बुधबार सम्मको कलेक्सन अनुसार राजधानीमा ३ करोड २५ लाख ग्रस र मोफसलमा २ करोड ३७ लाख ग्रस गरेको छ। फिल्मले प्रदर्शनको छैठौ दिनसम्म ५ करोड ६२ लाखको कारोबार गरेको वितरकले जानकारी दिएका छन्।

Deepa Shree Niraula & Haribansha Acharya

Deepa Shree Niraula & Haribansha Acharya

कलेक्सन सार्वजनिक गरिने क्रममा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई उपस्थित थिए। निर्देशक प्रदीपको यो दोस्रो फिल्म हो। फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो भने यसका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्ममा हरिवंश आचार्यको कथा छ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन्।

Priyanka Karki & Deepak Raj Giri

Priyanka Karki & Deepak Raj Giri

SUBSCRIBE 👉