ऋषिराजको ‘ड्रिम गर्ल’


निर्देशक ऋषिराज आचार्यको फिल्म ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ। फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डित लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा झण्डै दुई करोड बढी लगानी लागेको बताइएको छ।

काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफै हुन। सहनिर्मातामा अर्जुन शर्मा,दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन्।

आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथानक फिल्ममा अर्जुन पोखरेलले संगीत छ। राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन्। केही दिनपछि फिल्मको एउटा गीत सार्वजनीक गरिने निर्देशक ऋषिराजले जानकारी दिएका छन्।

SUBSCRIBE 👉