‘डन्डीबियो’को क्रान्ति ! हेर्नुहोस् ‘डमरुको डन्डीबियो’ ट्रेलर


नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित ‘फ्यामिली स्पोर्ट ड्रामाटीक फिल्म’ ‘डमरुको डन्डीबियो’को ट्रेलर बाहिरिए सँगै फिल्मको चर्चा चुलिएको छ। फिल्मको को निर्देशन छेतेन गुरुङले गरेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ।

फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ। राजधानीका केहि स्थानमा चलिरहेको ‘ठ्याक लाउने च्यालेन्ज’ले सिनेमाको प्रचार र डन्डीबियो महत्व झल्काउने निर्माण टिमले विश्वास लिएको छ। बैशाख २१ गतेबाट यो फिल्म प्रदर्शन हुँदैछ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी छ। सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ। ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉