५० औं जन्मदिनमा राजेशको जोशिलो कविता (भिडियो)


rajesh-hamal-50-birthday
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल बौद्धिक कलाकारका रुपमा चिनिन्छन्। अंग्रेजी साहित्यमा एमए गरेका यी महानायक २५ वर्षदेखि निरन्तर रुपमा नेपाली फिल्ममा सक्रिय छन् । हरेक कुरालाई गम्भीर चिन्तन र मनन गर्ने हमालले केही समय अघि मधु भट्टराईसँग विवाह गरेर वैवाहिक जीवनमा बाँधिए। यिनै महानायकले आफ्नो ५० औं जन्मदिन हालै अष्ट्रेलियाको सिड्नीमा मनाए। सयौं नेपाली माझ जन्मदिन मनाउँदा हमाल अत्यन्त भावुक पनि बने।

नेपालीटच इभेन्ट्सले आयोजना गरेको विशेष कार्यक्रममा हमालले नवपत्नी मधुलाई मिस गरे पनि कवितामार्फत आम दर्शकलाई मन्त्रमुग्ध पारे। महानायकसँगै पुगेका नेपाली सांगीतिक क्षेत्रका भर्सटाइल गायक राजेशपायल राईले ‘ह्याप्पी बर्थ डे टु यु’ को गीतसँगै शुभकामना दिईरहँदा कार्यक्रम हलमा उपस्थित नेपाली दर्शकले एकसाथ हमाललाई बधाई दिएका थिए। यो माहौलमा महानायकको अनुहारमा भावुकपन देखिन्थ्यो।

राजेश हमाल को ५० औं जन्मदिन – फोटो ग्यालरी हेर्नुहोस् – Click Here

 

कार्यक्रमको भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉