बाबु कान्छाको ट्रेलर


असार २९ लाई रिलीज मिती बनाएको चलचित्र बाबु कान्छाले आफ्नो ट्रेलर सार्बजनिक गरेको छ। केही दिन अघि पोस्टर सार्बजनिक गरेको निर्माण पक्षले ट्रेलर सार्बजनिक गरेको हो।  चलचित्रको ट्रेलरमा करिश्मा श्रेष्ठ र सलोन बस्नेतको प्रेम देखाइएको छ।  सोभित बस्नेतले निर्देशन गरेको चलचित्रमा ज्वात्सना महर्जन, ऋतिक साही लगायतका कलाकारहरु समेत प्रमुख भूमीकामा छन्।

बाबु कान्छामा  रबि अधिकारी कार्यकारी निर्माता रहेका छन्। भने, सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन्। चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन तथा टंक बुढाथोकी संगीत रहेको छ। चलचित्रमा ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीतलाई रिमिक्स गरेका छन्। बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ।

SUBSCRIBE 👉