यस्तो छ ‘साली कस्को भेनाको’ ट्रेलर


काठमाडौं । चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेको फिल्म ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी फ्लेबरमा निर्माण गरिएको ट्रेलर हाँस्य कलाकार विल्सनविक्रम राईको वरीपरी घुमेको छ । गाउँमा भेनाको रुपमा चिनिने विल्सनलाई उनकी सालीका रुपमा चिनाइएको रजनी गुरुङसँगको सम्बन्धलाई देखाइएको छ ।

भद्र भुजेलले निर्देशन गरेको फिल्ममा विल्सनविक्रम राई, सुष्मा कार्की, रवि गिरी, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ, वीरेन श्रेष्ठ, देव सागरलगायतका कलाकारको अभिनय छ । भदौ २९ गते रिलिज हुने फिल्ममा पुष्प आचार्यको कथा, सुरज शाही ठकुरी र मिन घलानको संगीत, दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामाको नृत्य छ ।

फिल्ममा सुनिलकुमार न्यात्स्यो, बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीको पनि लगानी छ । प्रसाद श्रेष्ठले यस अघि ‘कर्जा’, ‘कान्छी’, ‘सन्तान’ जःता फिल्म निर्माण गरिसकेका छन् ।

SUBSCRIBE 👉