मल्टिप्लेक्समै ‘मुखौटा’को कमजोर ओपनिङ


mukhauta-nepali-movieग्ल्यामर नेपाल, काठमाडौं । अन्तत: पुर्वअनुमान गरिए अनुरुप नै अर्पण थापा निर्देशित फिल्म ‘मुखौटा’ले राजधानीका मल्टिप्लेक्समा निकै कमजोर ओपनिङ गरेको छ। बिहीबार राती वर्ल्ड कप फुटवलको ओपनिङ सेरेमोनि र ब्राजिलको गेम हेरेर अनिदो बनेका दर्शकहरु शुक्रबार ‘मुखौटा’ हलसम्म जाने कुरा व्यावहारिक पनि थिएन। रिलिज अगाडी यस्तै अनुमान गरिएको थियो, जुन शुक्रबारको व्यापारले पुष्टि गरेको हो।

निकै आक्रामक प्रचारप्रसार र स्टार कलाकारको ठूलो डफ्फा रहेको यो फिल्मले रिलिजको पहिलो दिन राजधानीका मल्टिप्लेक्समै ३० प्रतिशत अकुपेन्सी कायम गर्न नसकेको रिर्पोट प्राप्त भएको छ। राजधानीबाहिर अझ हालत खराब रहेको बताइएको छ।

वर्ल्ड कपको ह्याङ भर्खरै सुरु भएकोले साताभर ‘मुखौटा’ले शुक्रबारकै जस्तो कठिन परिस्थितीको सामना गर्नुपर्ने पक्का छ। सोही कारण बिग बजेटको भनिएको यो फिल्मले लगानी रिकभर गर्ने सम्भावना कमै देखिन्छ। कतिपयले पहिल्यै तोकिएको जेठ १६ को मितिमा फिल्म रिलिज नगरेको परिणाम अहिले देखिएको बताएका छन्। सहरका ग्याङस्टारमाथि बनेको यो फिल्ममा राजेश हमाल, सुनील थापा, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, रविन तामाङ, प्रशान्त ताम्राकार, निशा अधिकारी, हर्षिका श्रेष्ठजस्ता चिनिएका अनुहारहरुको अभिनय रहेको छ।

SUBSCRIBE 👉