देश दौडाहामा चि मुसी ची


काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गएपछि फिल्म ‘चि मुसी ची’ देश दौडाहामा निस्किएको छ । आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले मंगलबारबाट १० दिशसम्म देशका प्रमुख १४ सहरमा प्रचारप्रसारको कार्यक्रम गर्न लागेको हो ।

फिल्मका निर्देशक दिनेश श्रेष्ठका अनुसार सांगीतिक कार्यक्रमसहित हुने कन्सर्टमा फिल्मका प्रमुख कलाकारसँगै ‘नेपाल आइडल’मा सहभागिता जनाएकी गायिका सुजाता पाण्डेको पनि विशेष प्रस्तुति हुनेछ । विराटनगरबाट सुरु हुने कन्सर्ट बिर्तामोड, धरान, इटहरी, लालबन्दी, हरिवन, नारायणघाट, हेटौंडा, बुटबल, पोखरा, दमौली, ललितपुर, भक्तपुर हुँदै काठमाडौं आएर टुंगिनेछ ।

फिल्ममा सुनील क्षेत्री, एलिसा शर्मा सुशान्त कार्की, कमली वाइवा, सशांक बस्याल, शेखर सुवेदी, शिवराज कार्की लगायतको अभिनय छ ।

SUBSCRIBE 👉