प्रेम र पीडा बोल्ने बाँध माया टिजर


काठमाडौं । आगामी असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाँध मायाले’को टिजर सार्वजनिक भएको छ । कुनै संवाद बिना तयार पारिएको टिजरमा माया, प्रेम, रोदन, आक्रोशलगायतका विषय समेटिएको छ । नायक आर्यन अधिकारी र सृष्टि श्रेष्ठको रमाइलो प्रेमदेखि उनीहरुको प्रेममा आएको अवरोधसम्मलाई टिजरमा राखिएको छ ।

काइट्स इन्टरटेनमेन्टको व्यानरमा सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, रविन्द्रप्रताप सेन, विशाल चाम्लिङ, किशोर खड्काको अभिनय छ । रामहरि धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सहनिर्माता छन् ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, राजु ढुंगानाको सम्पादन, बाबु श्रेष्ठको छायांकन छ ।

SUBSCRIBE 👉