मायाको कुरा गर्दै सुनिल–अलिशा


काठमाडौ । फिल्म ‘चि मुसी चि’को नयाँ गीत ‘आउ आज मायाको’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अलमोडा उप्रेतीको स्वर तथा सुरज अधिकारीको शब्द र संगीत छ ।

गीतमा मायामा क्वाईन टस गर्ने कुरा गरिएको छ । ‘हेड’ परेपनि ‘टेल’ परेपनि आफ्नै पक्षमा नतिजा निकाल्ने भाव गीतमा पाईन्छ । गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आँफैले गरेका छन् ।

साउन ११ गते रिलिज हुने फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । सुनिल र अलिशा दुवै नृत्य क्षेत्रमा चर्चित छन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

SUBSCRIBE 👉