आँचललाई आकाशको तिम्रै लागि


काठमाडौं । आगामी भदौ १ बाट रिलिज हुने फिल्म ‘ब्ल्याक’को अर्को प्रेमभावको गीत ‘तिम्रो लागि’ सार्वजनिक भएको छ । आकाश श्रेष्ठ र आँचल शर्माको रोमान्टिक अभिनय रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काको र शब्द डा. कृष्णहरि बरालको छ । यसअघि सार्वजनिक प्रेमभावको गीत ‘पल पल हरपल’लाई दर्शकले रुचाइसकेका छन् ।

प्रदिप श्रेष्ठ निर्देशित फिल्ममा आश्मा पाण्डेको लगानी छ । आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको पनि अभिनय रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन, मौनता श्रेष्ठको पटकथा र संवाद छ । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन छ ।

SUBSCRIBE 👉