इन्गेजमेन्टपछि प्रियंका र प्रमोदको अन्तरंग भिडियो बाहिरियो!


‘कथा काठमाडौं’को गीत रिलिज: प्रियंका र प्रमोदको अन्तरंग भिडियो

काठमाडौं । कान्तिपुर टेलिभिजनमा टेलिफिल्म’कथा प्रेमका’निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ‘कथा काठमाण्डौ’ को काममा व्यस्त छिन । टेलिफिल्मको अनुभवसँगै पुस्तक ‘कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताले फिल्मको पहिलो गीत रातको कुरा सार्वजनिक भएको छ ।

गीतमा इन्दिरा जोशीको स्वर रहेको छ भने शब्द र संगीत प्रदीप बास्तोलाको रहेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रमोद र प्रियंका फिचर्ड छन् । कार्यक्रममा प्रमोद, संजोग, सन्ध्या उपस्थित थिए ।

काठमाडौलाई आफ्नो कर्म भुमि बनाएर रहि रहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ । असोज १२ मा रिलिज हुने फिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ ।

SUBSCRIBE 👉