सम्राज्ञी र धिरजको रोमान्टिक मुड ‘इन्टु मिन्टु लण्डनमा’ उडायो हावाले


असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को पहिलो गीत ‘उडायो हावाले’ सार्वजनिक भएको छ । कोरियोग्राफरबाट फिल्म निर्देशनमा डेब्यु गरेकी रेनाशा वान्तवा राई निर्देशित फिल्मको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरले फिचरिङ गरेका छन् । गीतमा हर्कुलस बस्नेत र निकिता थापाको स्वर छ ।

गीतमा कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीको छ । लण्डनका रमणीय स्थानमा छायांकन गरिएको गीतमा साम्राज्ञी र धिरजको रोमान्सलाई हेर्न सकिन्छ । फिल्ममा प्रज्जवल शमशेर जबरा र प्रभु शमशेर जबराको लगानी छ ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल सहनिर्माता छन् । प्रज्जवल र रेनाशाकै कथा रहेको फिल्ममा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणाको अभिनय छ ।

SUBSCRIBE 👉