‘मेरी मामु’को शीर्ष गीतमा भावुक आयुब


काठमाडौं । निर्माता सन्तोष सेनका छोरा आयुब सेनको डेब्यु अभिनय रहेको फिल्म ‘मेरी मामु’को पहिलो गीत ‘आमा’ सार्वजनिक भएको छ । आयुब र अर्का कलाकार सारुक ताम्राकारले फिचरिङ गरेको गीतमा एउटा बालकले आमा गुमाएपछि भोगेको पीडालाई देखाइएको छ ।

गीतको भिडियो निकै मार्मिक बनेको छ । गीतमा कल्याण सिंहको संगीत, रवि मल्लको शब्द र रोहिन जोन क्षेत्रीको स्वर छ । फिल्ममा निर्माता सेनका ७ बर्षिय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका छ । फिल्ममा यम थापाको निर्देशन छ ।

भिडियोमा आयुबले रुँदै बोलेको संवाद ‘मिस यु मामु’ निकै मार्मिक छ । आफ्नी आमाको निधन भएपछि उनको अन्तिम संस्कार गर्न छोराले गर्नुपरेको कर्तव्यलाई गीतमा देखाइएको छ ।

SUBSCRIBE 👉