‘रामकहानी’मा पुजाको भूत रुप


काठमाडौं । आगामी भदौ २२ गते रिलिज मिति तोकेको फिल्म ‘रामकहानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पुजालाई भूतको रुपमा देखाइएको छ । रोमान्स, कमेडी र हरर फ्लेबरको ट्रेलर हेर्दा आकर्षक लाग्छ । फिल्ममा सुदर्शन थापाको निर्माण तथा निर्देशन छ ।

फिल्मका निर्देशक सुदर्शनले ट्रेलरमा हेरे जस्तो फिल्म हरर नभएको बताए । ‘ट्रेलर हेर्दा भूतको फिल्म हो कि भन्ने लाग्ला । तर यो फिल्म हरर फ्लेबरको छैन,’उनले भने, ‘फिल्मले दर्शक हँसाउनेदेखि रुवाउनेसम्म काम गर्छ ।’

फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल र रविन्द्र झा पनि प्रमुख भूमिकामा छन् । फिल्ममा पुजाको पनि लगानी छ ।

सुदर्शनकै कथा रहेको फिल्ममा सौरभ लामाको छायांकन, वनिष शाह र मिलन श्रेष्ठको सम्पादन, महेश दवाडी र दिनेश न्यौपानको पटकथा संवाद तथा अर्जुन पोखरेलको संगीत छ ।

SUBSCRIBE 👉