‘जुन अनि तारा’मा ‘कथा काठमाडौं’का ६ पात्र


काठमाडौं । आगामी असोज १२ गते रिलिज हुने फिल्म ‘कथा काठमाडौं’को दोस्रो गीत ‘जुन अनि तारा’ सार्वजनिक भएको छ । पहिलो गीत ‘रातको’बाट आलोचना खेपेको फिल्म निर्माण पक्षले दोस्रो गीतबाट भने त्यस्तो आलोचना पक्कै नखेप्ने विश्वास गरिएको छ ।

पहिलो गीतमा देखाइएको नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिको अन्तरंग दृश्यले फिल्मको व्यापक आलोचना भएको थियो । फिल्ममा संगीता श्रेष्ठको डेब्यु निर्देशन छ । गीतमा सुगम पोखरेलको स्वर, दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ ।

गीतमा प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको क्रियाकलापलाई देखाइएको छ । संगीताकै कथा रहेको फिल्ममा विजय राईको लगानी, लुजा सिंहको छायांकन, मित्र गुरुङको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।

SUBSCRIBE 👉