‘रोजी’: प्रदीप खड्काको स्टारडमदेखि सांगीतिक हाइपसम्म


काठमाडौं । यतिबेला फिल्म ‘रोजी’ निकै चर्चामा छ । आगामी भदौ २२ गतेबाट रिलिज हुने फिल्म चर्चामा आउने कारण हुन्, प्रदिप खड्का । गत आइतबार झरी परेको साँझ उनी नक्सालस्थित बज् क्याफेको कटेजमा अनलाइन मिडियासँग गफिँदै थिए । भदौ २२ गते रिलिज हुने आफू अभिनित क्राइम थ्रीलर रोजीको प्रेसमिट भेटघाट छेको थियो ।

‘स्क्रिप्ट र पात्रको सशक्तताले फिल्मप्रति निकै आशावादी छु’ उनी सुनिए, ‘पहिलोपटक थ्रीलर फिल्म गर्दैछु । मेरो लागि यो अलग जनरा हो । दर्शकले मभित्र भिन्न स्वाद प्राप्त गर्नुहुनेछ ।’

उनलाई एउटा प्रश्न सोधियो । हिरोइन अग्ली र तपाईंँ होचो, किन ? प्रदीप ठट्यौली सुनिए, ‘मैले उचाइ बढाउन सबथोक गरेँ । के मात्र गरिन ?’ यसको उत्तर उनको दायाँ छेउमा बसेका दुई डिभासँग थियो । निर्देशक नीरक पौडेलले आफूले रोजीमार्फत दर्शकलाई न्याय गर्ने बताए । ‘मैले दर्शकलाई फिल्ममा न्याय गर्छु र निराश तुल्याउँदिन’ पौडेल सुनिए ।

संगीतकार एलिस कार्कीले फूल हैन…गीतले सफलता प्राप्त गरेको बताए । ‘म्युजिकल्ली कन्टेस्टमा सयौं सहभागि हुँदैछन् । इन्टरनेटमा समेत यसले राम्रो भ्यूअर्ज प्राप्त गरेको छ’ पाश्र्वध्वनी डिजाइनर समेत रहेका कार्कीले भने, ‘फूल हैन गीत हाम्रा लागि पब्लिसिटीको बलियो माध्यम पनि हो ।’
गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म नेपाल र टर्कीमा छायांकन गरिएको हो ।

SUBSCRIBE 👉