७ वर्षीय आयुब सेन अभिनित फिल्म ‘मेरी मामु’को मनै छुने ट्रेलर


काठमाडौं । आगामी भदौ १५ गते रिलिज हुने फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख पात्र ७ वर्षे आयुब सेनलाई निकै आक्रामक रुपमा प्रस्तुत गरिएको छ । उनी के कारणले आक्रामक छन् भन्न थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्छ ।

आशुषेसन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सन्तोष सेनको लगानी तथा यम थापाको लेखन तथा निर्देशन छ । फिल्ममा आयुब सेन, सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङको मुख्य भूमिका छ ।

बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, विक्रम लामा र एन्जिला श्रेष्ठको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन छ ।ट्रेलरमा आमा बाबुको झगडाले एउटा बालकको दिमागमा पर्न सक्ने असरलाई फिल्मले बोकेको छ ।

SUBSCRIBE 👉