सांगीतिक यात्रामा ‘मेरी मामु ’


काठमाडौं । फिल्म ‘प्रेम गीत’ र ‘प्रेम गीत २’को सफलता पछि निर्माता सन्तोष सेनले निर्माण गरेको फिल्म ‘मेरी मामु’को प्रचार भने सांगीतिक धमाका सहित हुने भएको छ । निर्माता सेनले आफुले मोफसल प्रचार टुर सांगीतिक धमाका सहित गर्न लागेका बताए । ७ भाद्र अर्थात आजबाट काठमाडौदेखि सुरु हुने उनको सांगीतिक टुर ८ भाद्र अर्थात भोली पनि काठमाडौंमै हुनेछ । त्यसपछि यो टोली ९ गते पोखरा, १० गते बुटवल, ११ गते चितवन ,१२ गते इटहरी, दमक हुँदै १३ धरान पुगेर फर्किने बताइएको छ ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा ६ बर्षका बालक आयुब सेन हिरोको रुपमा रहेका छन् । आयुब निर्माता सेनकै छोरा हुन् । फिल्म ‘प्रेम गीत २’ अभिनेत्री अश्लेषा ठकुरीका साथमा नवनायक सारुक ताम्राकार र नव नायिका कुसुम गुरुङको समेत अभिनय फिल्ममा देख्न सकिन्छ । कुशुम पहिलो फिल्ममै आमा बनेकी छन् ।

यम थापाको निर्देशनमा बनेको फिल्मले आमा छोराको सम्बन्धको कथामा बिषय बनाएको छ । गीत र ट्रेलरका कारणले चर्चा रहन सफल फिल्मको नायक आयुवलाई समेत धेरैले मन पराएका छन् ।

यो फिल्म युनिटले यस अगाडि २ टिमले पुर्व र पश्चिमका स्कुल क्याम्पेनिंङ गरेको थियो । यो क्रममा देशका मुख्य शहरका मुख्य ५० स्कुलमा फिल्मको गीत देखाउनुका साथै बिद्याथीलाई मेरी मामुको बिषयमा जानकारी दिइएको थियो । काठमाडौंका मात्र ३० भन्दा बढि स्कुलमा फिल्मको ट्रेलर र गीत देखाइएको निर्माता सेनले बताए ।

७ वर्षीय आयुब सेन अभिनित फिल्म ‘मेरी मामु’को मनै छुने ट्रेलर

SUBSCRIBE 👉