फिल्म प्रचारमा मोफसलमा ‘मेरी मामु


काठमाडौं । प्रचारको उदेश्यले कन्सर्ट सहित टुरमा निस्किएको ‘मेरी मामु’ टिमले शनिबार दमैलीमा सांगीतिक धुम मच्चाएको छ । दमौलीको अनसनचोकमा आयोजित कन्सर्टमा कलाकार र दर्शकले एकसाथ कम्बर मर्काएका छन् ।  बिहीबार काठमाडौं बालाजुस्थित बिजी महलबाट शुरु भएको चलचित्रको यो कन्सर्ट (रोड शो)का कलाकार भक्तपुरको सुर्यबिनायक, किर्तिपुर, लगनखेल हुँदै शनिबार उपत्यका बाहिर निस्किएका हुन् ।

दमैली कार्यक्रममा कलाकार शिशिर भण्डारीले जोक, चुट्का, क्यारिकेचरका साथै बिभिन्न अभिनयबाट हसाएका दर्शक गायक रोहित जंग क्षत्रीले शिर्ष गीत ‘मलाई माफ गरिदेऊ आमा’बाट भाबुक बनाए । फिल्मको शिर्ष गीतबाट भाबुक भएका दशर्क रोमान्टीक बनाउने काम भने गायक बादल थापाले गरे ।

कन्सर्टमा मोडल आरुषी मगरले ‘मोटर साईकलमा’ बोलको गीतमा नृत्य देखाउदा दर्शकले उफ्री उफ्री नाच्न थाले । हजारौ दर्शकको भिड रहेको कन्सर्टमा बाबुको भुमिका निभाएका अभिनेता सारुक ताम्राकार र आमाको भुमिका निर्बाह गरेकी अभिनेत्री कुसुम गुरुङले चलचित्रको बिषयमा जानकारी दिए । उनीहरुले ‘मेरी मामु’ छुटाउन नहुने कारण समेत दर्शकलाई बुझाएका थिए ।

गीत र ट्रेलर रिलिजसँगै सेलिब्रेटी बनिसकेका बालकलाकार आयुब सेन कन्सटको मुख्य आकर्षण बन्ने गरेका छन् । उनलाई स्टेजमा देख्दा दर्शकले ताली पिट्ने, कराए, सिट्टी फुके लगायतका क्रियाकलाप गरेको समेत देखियो । आयुबले भने दर्शकहरुलाई सम्बोधन गर्दै चलचित्र हेरेर आफुलाई सपोर्ट गरिदिन आग्रह समेत गरेका थिए । काठमाडौंबाट सुरु गरेको यो टोलीले आज १० गते बुटवल, ११ गते चितवन, १२ गते इटहरी, १२ गते नै दमक र १३ गते धरानपछि काठमाडौं फर्किनेछ ।

दर्शकलाई कलाकारसँग नजिक गराउँन, चलचित्रको जानकारी दिने र दर्शकल मनोरञ्जन गराउने उदेश्यले चलचित्रको प्रचारमा कन्सट आयोजना गरिएको निर्माता सेनले बताए । आमा र छोराको सम्बन्धको बिषयमा निर्माण भएको ‘मेरी मामु’ आशुसेन फिल्मस्को चौंथौं प्रस्तुति हो । यम थापाको निर्देशन रहेको चलचित्रमा ‘प्रेम गीत २’ फेम अभिनेत्री अश्लेषा ठकुरीको पनि मुख्य भुमिका रहेको छ ।

SUBSCRIBE 👉