वर्षा ‘चौका दाउ’की ‘रामप्यारी’


काठमाडौं । आगामी कार्तिक ९ गते रिलिज हुने फिल्म ‘चौका दाउ’को पहिलो गीत ‘रामप्यारी’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा शम्भुजित र कोमल राजभण्डारीको स्वर छ ।

सौर्य प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा पुणेन्द्रु झाको निर्देशन छ । गीतमा वर्षा राउत, विल्सनविक्रम राई, तैयव शाह, रविन्द्र झा, सन्तोष पन्त, अजश्र ढुंगानाको अभिनय छ । शम्भुजितकै परिकल्पना रहेको फिल्ममा सौर्यजित बास्कोटा र मनोज राजभण्डारीको लगानी छ । फिल्ममा पंकज बास्कोटा सहनिर्माता छन् ।

निर्मल शर्मा, सोनिका केसी, विजय राई, शिवशंकर रिजालको समेत अभिनय रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भीमफेदी गाइजको कोरियोग्राफी छ । फिल्ममा अभिमन्यु निरवीको पटकथा छ ।

SUBSCRIBE 👉