कथाभित्रको कथामा ‘कथा काठमाण्डु’ ट्रेलर


काठमाडौं । फिल्म ‘कथा काठमाण्डु’को पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक भएपछि गीतका प्रियंका कार्की र प्रमोद अग्रहरि चर्चामा आए । गीतमा जोडीले दिएको हट दृश्य सबैका लागि चासोको विषय पनि बन्यो ।

यही फिल्मको आइतबार राजधानीमा ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका तीन जोडीको फरक फरक कथालाई देखाइएको छ । ट्रेलर रिलिज कार्यक्रममा प्रमोदले आफूले फिल्मको कथा अनुसार नै अभिनय गरेको बताए । निर्देशक संगीताले पनि गीतमा आलोचना खेपे पनि ट्रेलरमा त्यस्तो नखेप्नेमा ढुक्क रहेको बताइन् ।

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्ममा विजय राईको लगानी छ । असोज ५ गतेबाट रिलिज हुने फिल्ममा प्रियंका कार्की र प्रमोद अग्रहरि, संजोग कोइराला र सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको जोडीको कथा देखाइएको छ ।

SUBSCRIBE 👉