जापानमा सुर्य अवार्ड: पल र पुजा सँगै म यस्तो गीत गाउँछु उत्कृस्ट


जापानको टोकियोमा सुर्य ईन्टरनेशनल अवार्ड-२०१८ सम्पन्न भएको छ। १२ बिधा र मास पपुलर ४ बिधामा दीइएको अवार्डमा उत्कृस्ट चलचित्रको अवार्ड ‘म यस्तो गित गाउँछु’ले जितेको छ भने सोहि चलचित्रबाट उत्क्रिष्ट नायक नायिकाको अवार्ड पल शाह र पुजा शर्माले हात पारेका छन्। म यस्तो गित गाउँछु बाट नै सुदर्शन थापाले उत्क्रिष्ट निर्देशकको अवार्ड पाउन सफल भए। अन्य बिधाहरुमा उत्क्रिष्ट सपोर्टिङ पुरुषतर्फ प्रशान्त ताम्राकार र महिला तर्फ बर्षा राउत घोषित भए।

भोटिङ्गको आधारमा बाहेक गत बर्ष प्रदर्शनमा आएका फिल्महरुबाट रहने गरि नायक, नायिका, निर्देशक र फिल्म गरि ४ बिधामा मास पपुलरको आधारमा पनि अवार्ड वितरण गरिएको छ। जसमा उत्क्रिष्ट नायक अनमोल केसी, उत्क्रिष्ट नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह, उत्क्रिष्ट निर्देशक प्रदिप भट्टराई र उत्क्रिष्ट फिल्म छक्का पञ्जा २ रहेको छ।

यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड-२०१८ प्रदान गरियो। ३ दशकदेखी नेपाली फिल्म क्षेत्रमा क्रियाशिल नायक भुवन केसीलाई सुर्य कलाकरिता सम्मन-२०१८ प्रदान गरिएको छ भने चलचित्र पत्रकारितमा निरन्तर कलम चलाउँदै आउनुभएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता-२०१८ बाट पुरस्क्रित गरिएको छ। फोटो पत्रकारितामा सक्रिय रहेका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित पुरस्क्रित गरिएको छ।

अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्क्रिष्ट घोषित भएका छन्। यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दीरा जोशी उत्क्रिष्ट भएका छन्। यता आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई गायक गायिका घोषित भएका छन्।

अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए। यस्तै जापानलाई कर्मथलो बनाईरहेका नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई माया गर्ने पाँच सय भन्दा बढि दर्शकहरुको उपस्थिति रहेको थियो।

अवार्ड समारोहले नेपाली कला, संस्क्रिति को संरक्षण तथा नेपाली फिल्म र गीत संगीतको प्रबर्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेका छन्। अवार्ड समारोह पछि जापानम निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन्।

र यो पनि पढ्नुहोस्

उत्कृष्ट नायक नायिका: नाजिर र नीता / पपुलर प्रदिप र प्रियंका

उत्कृष्ट नायक नायिका: नाजिर र नीता / पपुलर प्रदिप र प्रियंका

SUBSCRIBE 👉