सुन्दर मोडलहरुको साथमा असोज २६ गते ‘जम्बोरी नाइट’


असोज २६ गते राजधानीमा हुनलागेको ‘जम्बोरी नाइट’ फेसन शो तथा म्युजिकल नाइटकालागी मोडलहरुको अडिशन सम्पन्न भएको छ। अडिशनबाट १२ जना प्रोफेशनल मोडलहरु छनोट भएका छन्। ४० भन्दा बढी मोडलबाट ती मोडलहरु छनोट गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार छनोट भएका मोडलहरुलाई आबश्यक प्रशिक्षण समेत दिइने छ। प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रममा विभिन्न डिजाइनरको आकर्षक पहिरनमा सजिएका सुन्दर मोडलहरु रनवेमा प्रस्तुत हुनेछन्।

ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लवमा हुने उक्त फेसन तथा म्युजिकल नाइटमा जोजोलप्पा कलेक्शनकी प्रतिमा महर्जन, मृगातृष्णा बुटिककी तृष्णा गुरुङ तथा आईआईएफटीका प्रमिला उप्रेती, सनम लामिछाने र अमृता श्रेष्ठल गायतका फेशन डिजाईनहरुका आकर्षक पहिरनहरुमा दर्जन भन्दा बढी ग्ल्यामरस मोडलहरु फेशन शो मा देखिने इमेन्ट निर्देशक तथा मोडल विपना थापाले बताएकी छिन। उनका अनुसार कार्यक्रममा चर्चित गायक/गायिकाको प्रस्तुती समेत रहने छ। उनले भनिन्, ‘जम्बोरी नाइट’ फेसन र म्युजिकको फ्युजन कार्यक्रम हो।’

SUBSCRIBE 👉