गर्भावस्थामा सेलिब्रिटीहरुको फोटोसुट (फोटो फिचर)


एतिबेला बलिउड नायिका नेहा धुपिया (neha dhupia) गर्भवती छिन्। जसरी उनले बेबी बम्पसहित स्टाइल देखाइरहेकी छिन्, त्यो उनका प्रशंसकहरुले निकै रुचाइरहेका छन्। हुन त बलिउड र हलिउडका यस्ता थुप्रै सेलिब्रिटी छन् जसको गर्भावस्थाको हट तस्बिरहरु चर्चाको विषय बन्यो। कसैले गर्भावस्थामा बिकिनी लगाएर फोटो खिचाए भने कसैले नग्न भएर।

लिजा हेडन (lisa haydon): मोडल, फेशन डिजाईनर तथा बलिउड नायिका लिजा हेडनलाई बोल्ड र सेक्सी अभिनेत्रीको रुपमा लिइन्छ। गर्भावस्थामा पनि लिजाले आफ्नो हट इमेजलाई कायम राखिन्। उनले बेबी बम्प देखाउँदै बिकिनीमा हट तस्बिर खिचाइन् र इन्स्टाग्राममा राखिन् जसले निकै चर्चा बटुल्यो। उनले गर्भावस्थामा हुँदा नै एक म्यागजिनका लागि फोटोसुट गराएकी थिइन् जसलाई निकै रुचाइएको थियो।

सेलिना जेटली (Celina Jaitly): सेलिना जेट्लीले पनि गर्भावस्थामा बिकिनी लगाएर एउटा फोटो इन्टाग्राममा सेयर गरेकी थिइन् । उनको यो तस्बिर पनि सोसल मिडियामा निकै भाइरल बन्यो।

कोंकणा सेन शर्मा (konkona sen sharma): कोंकणाले सन् २०१० मा रणबीर शौरेसँग विवाह गरिन् र सन् २०११ मार्चमा आफ्नो पहिलो बच्चालाई जन्म दिइन्। कोंकणाले गर्भावस्थाको क्रममा फोटोसुट पनि गराइन् जुन निकै सुन्दर थियो।

श्वेता साल्वे (shweta salve): टिभीकी चर्चित नायिकामध्ये एक श्वेता साल्वेले गर्भावस्थामा जुन फोटोसुट गराइन् त्यो चर्चाको विषय बन्यो किनभने टिभी नायिकाले आफ्नो बेबी बम्प देखाउँदै हट फोटोसुट गराएको यो पहिलो पटक थियो।

ब्रिटनी स्पेयर्स (britney spears): ब्रिटनी स्पेयर्सले गर्भावस्थाको क्रममा गराएको फोटोसुट पनि निकै चर्चित भएको थियो। बेबी बम्पसहितको उनको यो तस्बिर निकै चर्चित भएपछि हलिउडमा यस्तो प्रकारको फोटोसुटको ट्रेन्ड नै बस्यो।

किम कार्दाशियन (kim kardashian): संसारभरी यदि कुनै फिगरको चर्चा हुन्छ भने त्यो हो किम कार्दासियनको। किमले आफ्ना हट तस्बिरहरु धेरैजसो सोसल मिडियामा सेयर गरिरहन्छिन्। गर्भावस्थाको क्रममा पनि उनले विभिन्न हट तस्बिर पोष्ट गरिन्। यीमध्ये एउटा फूल मिरर सेल्फी इमेज पनि थियो जसमा उनी नग्न थिइन्। उनको यो तस्बिर निकै भाइरल भयो र संसारभरीको मिडियामा छायो।

बियोन्से (beyonce): बियोन्से नलेसलाई त रेड कार्पेटमा सबैले हट अवतारमा देखेका छन् तर यी पप डिभाको गर्भावस्थामा पनि सेक्सी रुप देखियो। बियोन्सेले बेबी बम्प देखाउँदै शानदार फोटोसुट गराइन्। उनको यो फोटोलाई फेशन जगतले पनि निकै तारिफ गर्यो।

सेरेना विलियम्स (serena williams): टेनिस क्विन सेरेना विलियम्सले पनि आफ्नो गर्भावस्थामा फोटोसुट गराएकी थिइन्। उनले एक म्यागजिनका लागि गराएको यो फोटोसुटमा नग्न पोज दिएकी थिइन्। यो तस्बिर सार्वजनिक भएपछि संसारभरीको मिडियाको शीर्ष समाचारमध्येको एक बनेको थियो।

SUBSCRIBE 👉