‘दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा कोचहरु बीच नै प्रतियोगीहरु तानातान


चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ कार्यक्रमको ब्याटल राउण्ड शनिवार देखि शुरु भएको छ। ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा भिडन्त गर्नेछन्। ‘दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरु मध्ये एक आपसमा एकै गीत गाएर भिडन्त गर्नुपर्नेछ।

ब्याटल राउण्डकालागी हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन्। ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो कार्यक्रममा निर्णायक दिपले अर्को प्रतिस्पर्धी टिम प्रमोदका प्रतियोगीलाई आफ्नो टिममा तानेका छन् भने अभयाले सनुपको टिमका प्रतियोगीलाई आफ्नो टिममा तानेकी छिन्।

ब्याटल राउण्ड निकै प्रतिस्पर्धी र रोमान्चकता साथ शुरु भएको छ आगामी दिनमा अझै रोचक र ससक्त प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ जहाँ प्रतिस्पर्धिहरु आपसमा गायनमार्फत भिडन्त गर्नेछन्। चार निर्णायक तथा कोचहरुका लागि ब्याटल राउण्ड निकै कठिन हुने देखिएको छ जसमा आफ्नो टिमले उत्कृष्ट गरोस भन्ने चाहना हुनेछ।

‘दि भ्वाइस अफ नेपाल’को सबै ईपिसोडहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

ब्याटल राउण्डका लागी ‘दि भ्वाइस अफ नेपाल’को सेटको पनि नयाँ डिजाइनमा देखिएको छ। कार्यक्रमका कोचहरु र होस्ट सुशिल नेपालको पनि ड्रेस परिवर्तन भएको छ। जून ब्याटल राउण्ड भरि उनीहरु सोहि डिजाइन र ड्रेसमा देखिने छन्।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको ‘दि भ्वाइस अफ’ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ। ‘दि भ्वाइस अफ नेपाल’लाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ।

SUBSCRIBE 👉