गजेन्द्रसँग लगनगाँठो कस्दै ऋचा


reecha-singh-thakuriग्ल्यामर नेपाल, काठमाडौं । वर्ष २०७१ धेरै कलाकारका लागि फलिफापको वर्ष हुने संकेत देखा परेको छ। यसै वर्षको शुभारम्भ ताका नायक आर्यन सिग्देलले सपना भण्डारीलाई र महानायक राजेश हमालले मधु भट्टराईलाई श्रीमतिको रुपमा भित्र्याएपछि कलाकारमा विवाह गर्ने क्रम बढेको छ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको नायिका स्वेता खड्कासँग, वरिष्ठ अभिनेत्री मिथिला शर्माको पूर्व आइजीपी मोतिलाल बोहोरासँग र अभिनेता अनुप बरालको नायिका दिया मास्केसँग विवाहको तयारी भईरहेका बेला अर्की नायिका ऋचासिंह ठकुरीले विवाह गर्ने भएकी छन्।

उनले शुक्रबार अष्ट्रेलियामा बस्दै आएका नेपाली गजेन्द्रराज थापासँग विवाह गर्न लागेकी हुन्। थापाको स्थायी घर विराटनगर हो। गजेन्द्र कलाकार धीरेन्द्रराज थापाका भाई हुन्। समाचार अनुसार यो जोडीले १७ महिनाको प्रेम सम्बन्धलाई विवाहमा पूर्णता दिन लागेका हुन्। शुक्रबारको मागी विवाहपछि उनीहरुले शनिबार नयाँवानेश्वरस्थित इन्द्रेणी पार्टी प्यालेसमा रात्री भोज दिनेछन्।

फिल्म ‘नाइ नभन्नु ल’बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका ऋचाले त्यसपछि झण्डै दर्जन बढी फिल्ममा काम गरिसकेकी छन्। फिल्ममा आउनु अघि उनी म्युजिक भिडियोमा अभिनय गर्थिन्।

SUBSCRIBE 👉