भारतीय टेलिभिजनको चर्चित शो ‘कमेडी नाइट्स विद कपिल’ बन्द नहुने शोको निर्माण पक्षले प्रष्ट्याएको छ।
शोका सञ्चालक कपिल शर्माले केही दिन अघि ट्वीटरमा शो आगामी सेप्टेम्बरमा केही समयका लागि बन्द हुने ट्वीट गरे पछि शोकी निर्मात्री प्रीति सिमोए कपिलको उक्त ट्वीटलाई मानिसले गलत ढंगले बुझेको दाबी गरेकी छन् । उनले शो कहिल्यै पनि बन्द नहुने बताएकी छन्।
प्रीतिका अनुसार कपिलले शोको सुटिङबाट ब्रेक लिन चाहेको ट्वीटरमा उल्लेख गर्न खोजे पनि उनले बन्द गर्न लागेको लेखेपछि टेलिभिजनमा तनाव उत्पन्न भएको थियो। ‘हामी शोको सेट र कलाकारमा केही परिवर्तन चाहन्छौं, तर एक हप्तामा दुई एपिसोडको सुटिङका कारण हामीलाई समय मिलिरहेको छैन। यसकारण हामी केही एपिसोडको एकसाथ सुटिङ गरेर १५ – २० दिन ब्रेक लिएर नयाँ कन्सेप्टका साथ दर्शकमाझ आउन चाहन्छौं।’ प्रीतिले भनेकी छन्।