‘कार्टुन क्रु’की आश्माले मुस्कुराउदै भनिन् राजेश हमाल सँग फिल्म खेल्न तयार छु


नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रु’की आश्मा बिकको फ्यान फलोइङ निकै राम्रो छ। उनको चर्चा नेपालमा मात्रै नभएर नेपालबाहिर पनि हुने गर्छ। विशेष त विबोइङ डान्सबाट धेरैलाई प्रभावित पार्न सफल आश्मा विभिन्न वेब सिरिजमार्फत अभिनयमा पनि सक्रिय छिन्। आश्मालाई बेलाबखतमा सिनेमाको अफर पनि पुग्ने गर्छ। तर अहिलेसम्म आफूलाई चित्त बुझ्दो स्क्रिप्ट नपाएकोले सिनेमा नखेलेको उनी बताउँछिन्।

नयाँ वेब सिरिज ‘यू एण्ड आइ’ को म्युजिकल ट्रेलर रिलिज कार्यक्रममा उपस्थित आश्माले आफूलाई चित्त बुझ्दो स्क्रिप्ट नै नआएको बताइन्। ‘तपाईं कस्तो सिनेमा खेल्न चहानुहुन्छ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा आश्मा भन्छिन्, ‘लव स्टोरीका साथमा आफ्नो जनरामा काम गर्ने खालको सिनेमा भए म खेल्छु।’

विशेषतः सरोजसँगको जोडीबाट चर्चित आश्मालाई सिनेमामा आफ्नो हिरो चाहिँ को होस् भन्ने रहर छ भनेर सोधिएको प्रश्नमा कथाले मागेमा जो नायकसँग पनि खेल्न तयार रहेको बताइन्। राजेश हमालसँग सिनेमाको कथाले मागेमा खेल्नु हुन्छ भन्ने प्रश्नमा निकै बेर हासेकी आश्माले सुहाउँछ भने त्यो भूमिकामा खेल्न म तयार छु।

कान्तिपुर एचडीमार्फत आउने वेबसिरिज यु एण्ड आइमा आश्माको साथमा सन्नि सिंह, श्याम राई, बिशार राई, निकोलस अर्याल, तमन्ना केसी, जित तामाङ लगायतका कालकारहरुको अभिनय रहेको छ। मिडिया स्केपको ब्यानरमा निर्माण वेब सिरिजलाई सरिन पोखरेलले निर्देशन गरेका हुन्।

SUBSCRIBE 👉